आठ अंकले बढ्यो शेयर बजार


काठमाडौँ । बिहीबार सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको छ । आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता शेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।

आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ । आजको कारोबारमा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटको अवस्था देखिएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको मूल्य ९.९९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको मूल्य ९.८८ प्रतिशतले बढेको छ ।