बीबीसी । अमेरिकामा हिमआँधीका कारण लाखौँ मानिस विद्युत सेवाविहीन भएका छन् । हिमआँधीका कारण हजारौँ उडान र सडक यातायात अवरुद्ध भएको छ ।
नेशनल वेदर सर्भिसका अनुसार टेक्सासदेखि न्यू इङ्ग्ल्यान्डसम्म हिमपात, बरफ र चिसो वर्षाले ज्यानै जोखिममा पार्ने अवस्था सिर्जना गरेको छ, जुन केही दिनसम्म जारी रहने अनुमान गरिएको छ।

लुइजियानामा हाइपोथर्मियाका कारण दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने टेक्सासमा पनि थप एक जनाको ज्यान गएको छ। आइतबार दिउँसोसम्म १० लाखभन्दा बढी घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । त्यस्तै १० हजारभन्दा बढी उडान रद्द भएका छन्।

मौसम विज्ञहरूले बरफका कारण रुख ढल्ने, विद्युत् लाइन क्षतिग्रस्त हुने र सडक अत्यन्तै जोखिमपूर्ण बन्ने बताएका छन् ।
भर्जिनियामा मात्र २०० भन्दा बढी सवारी दुर्घटना भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। न्यूयोर्क र टेक्सासका अधिकारीहरूले बासिन्दालाई घरभित्रै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुलले पछिल्ला वर्षहरूकै सबैभन्दा चिसो र कडा जाडो आँधी भएको बताउँदै अवस्थालाई अत्यन्तै खतरनाक भनेकी छन्।

प्रतिक्रिया