म विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो, त्यसैले बीचको बाटो लिएँः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न आफूले मध्यमार्गी बाटो रोजेको बताएका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँगको कुराकानीका कोइरालाले आफू विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोकेको बताएका हुन् ।

उनले आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित भएको बताए ।

उनले भने, ‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो । त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ ।’

कोइराला मोरङ ६ का कांग्रेस उम्मेदवार हुन् ।