राप्रपाका उम्मेदवार सुरेन्द्र भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर –४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

अल्पसंख्यक समुदायप्रति लक्षित अभिव्यक्ति दिएको आरोपमा आयोगले भण्डारीलाई लिखित स्पष्टीकरण पेश गर्न पत्र पठाएको हो । आयोगले पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट जवाफ पेस गर्न भनेको छ ।

उनीविरुद्ध लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको भन्दै उजुरी परेको थियो । उजुरीमा तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।