काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
उम्मेदवारी खारेजीको माग गर्दै बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपालविरुद्ध उजुरी परेको हो । रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएका हुन् ।
तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी भने दरपीठ गरेको छ । उनीविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ ।
तर संविधानमा कुनै पनि मुद्दामा दोषी प्रमाणित नहुँदासम्म उम्मेदवारी खारेजीको प्रावधान नभएको हुँदा उक्त निवेदन दरपीठ गरिएको कार्यालयले जनाएको छ पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया