काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि मंगवबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म पोखरा रङ्गशालमा हुने च्याम्पियनसिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।
टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, निर्मला आचार्य र प्रजिता राई छन् ।
यस्तै, पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया