दुर्गा प्रसाईँ रिहा


काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रसाईँ कांग्रेसको विशेष महाधिवेश पक्षलाई निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए । त्यसपछि आयोगले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।