झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष ओलीले मंगलबार दिउँसो झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा यसपटक रास्वपाका वरिष्ठ नेता बालेन साहले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङ उम्मेदवार छन् ।

प्रतिक्रिया