काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेसले नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् ।
महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४८ सालदेखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार देउवा रहँदै आएका थिए ।

प्रतिक्रिया