गोरखा-१ बाट उम्मेदवारी दिन सुदन गुरुङले लिए रास्वपाबाट टिकट


काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट उम्मेदवार बनेका छन् । उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् ।

सुदनलाई पार्टी सभापति रवि लामिछानेले टिकट हस्तान्तरण गरेका थिए । मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्ने र त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘भोलि मिति २०८२ साल माघ ६ गते, बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर, ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा आराधना सम्पन्न गरिनेछ। त्यसपछि ठिक ११ बजे जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा क्षेत्र नं १ मा मेरो उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको जानकारी सम्मानपूर्वक सम्पूर्णहरूमाझ अवगत गराउँदछु।’