काठमाडौं । थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई ३–० गोलले पराजित गर्दै बंगलादेशले प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
बैंककको नोन्थाबुरी स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन सबिना खातुन, श्रीमोती कृष्णरानी सरकार र लिपी अक्तरले समान एक÷एक गोल गरे । यसअघि नेपाल भारतसँग ८–१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया