एमालेले काठमाडौँ–५ मा ईश्वर पोखरेललाई दियो टिकट


काठमाडौं । नेकपा एमालेले काठमाडौँ क्षेत्रनम्बर –५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय नगरी टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको थियो ।

सोमबार पोखरेललाई टिकट दिइएको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।