तनहुँ–२ मा रास्वपाले दियो वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई टिकट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेलाई तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट दिएको छ ।

न्यौपानेलाई पार्टी सभापति रवि लामिछानेले टिकट हस्तान्तरण गरेका हुन् । न्यौपानेले पार्टी नेतृत्वले विश्वास गरेर अघि बढाएकोमा रास्वपा परिवार र सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले तनहुँ–२ को विकास, निर्माण र समृद्धिका लागि र देशको ऊर्जा तथा जलस्रोत क्षेत्रको विषय संसदमा मजबुत रूपमा उठाउने प्रतिवद्धता जनाएका छन् ।

उनले मतदातालाई भनेका छन्, ‘तनहुँ–२ को विकास, निर्माण र समृद्धिका लागि र देशको ऊर्जा तथा जलस्रोत क्षेत्रको विषय संसदमा मजबुत रूपमा उठाउन तथा भिजन, काम र नतिजा पस्कन म तपाईंहरूको अमूल्य मतको अपेक्षा राख्दछु। यो जिम्मेवारी तपाईंहरूको विश्वासले मात्र सम्भव छ। त्यसैले म विश्वासको प्रतीक -‘एक टुक्रा सुपारी’ लिएर छिट्टै तपाईंहरूको घरदैलोमा निम्तो दिन आउँदैछु।’