काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपाका वरिष्ठ नेता बालेन साह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई रउनी राजीनामा बुझाएर बालेन घण्टीघर पुगेका हुन् ।
बालेन र सुदन गुरुङसँगै घण्टीघर पुगेका थिए । बालेन घण्टीघर पुग्दा रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए । बालेन जाने भएपछि आज बिहानैदेखि घण्टीघरमा नेता कार्याकर्ता शुभेच्छुकको भीड लागेको थियो ।

प्रतिक्रिया