महिला टी-२० विश्वकप छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


काठमाडौँ । थाइल्यान्डले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । थाइल्यान्डका लागि चन्थमले ३९ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरिन् ।

यसैगरी नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रन बनाए । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो ।