जेनजी आन्दोलनपछि बसेको राष्ट्रिय सभाको पहिलो बैठक(भिडियोसहित)


काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक पहिलो पटक बसेको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा नवनिर्मित राष्ट्रिय सभाको हलमा बैठक बसेको हो । जेनजी आन्दोलनमा बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएपछि बैठक बसेको थिएन ।

आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक सकिएको छ । बैठक सात मिनेटमै सकिएको हो ।