विधान संशोधन प्रस्ताव लैजान च्यासलमा एमाले सचिवालय बैठक


काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो ।

शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो । बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् ।

केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ । एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ ।

धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।