कांग्रेस नेता चन्द्र भण्डारीले सभापति पदमा उम्मेदवारी दिने


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार सामाजिक संजालमार्फत भण्डारीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

यसअघि महामन्त्री गगन थापाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै कांग्रेस नेता डा. शेखर कोरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।