सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईँबीच वार्ता


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता भइरहेको छ । सोमवार प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा द्विपक्षीय वार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

प्रसाईँले राजसंस्था पुनःस्थापना, हिन्दू अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् र उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।