परराष्ट्रको स्पष्टीकरणः प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन


काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान रामको जन्मभूमि अयोध्याबारे अभिव्यक्तिप्रति दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय नभएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति कसैको भावनामा चोट पुर्याउने आशयको नभएको बताएको हो । प्रधानमन्त्रीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा अयोध्या पर्साको ठोरी नजिक भएको बताएका थिए ।

अपुष्ट, अप्रमाणित विषयमा बोलेको भन्दै प्रधानमन्त्रीको पार्टी भित्र र बाहिरबाट आलोचना भएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको हो । भारतीय जनता पार्टीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आफूहरु यसबाट गम्भीर भएको बताएको थियो ।

र यो पनि

अयोध्या अभिव्यक्ति फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेव गौतमको सुझाव

प्रधानमन्त्रीलाई रावलको प्रश्नः यही हो राम र अयोध्यावारे वहस गर्ने बेला ?

भारतको सर्वोच्च अदालतको फैसलालाई चुनौति दिने ओलीको बोली 

‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो’ 

अब अयोध्या र लिम्पियाधुराको दाबी ‘उस्तै’ देखिने डर भयो