भारतको सर्वोच्च अदालतको फैसलालाई चुनौति दिने ओलीको बोली



सुरेश आचार्य ।

प्रधानमन्त्री ओलीको अयोध्या नेपालको भएको र भगवान राम ठोरीमा जन्मेका थिए भन्ने भनाईबाट एक निसाना अनेक तीर हानेका छन् । सार्वभौम देशको प्रधानमंत्रीका हैसियतमा यस्तो कुरा हिजो प्रधानमन्त्रीले बोल्नु हुन्थ्यो कि हुदैन थियो भन्ने बारे बहस हुनसक्ला । भारतको आधिकारिक धारणा आएपछि परिस्थितिले कुन मोड लेला अनुमानकै गर्भमा छ ।

१) प्रधानमन्त्री ओलीले भनेअनुसार ‘भारतमा रहेको अयोध्या नक्कली हो’ भने भारतको सर्बोच्च न्यायालयद्वारा हालको अयोध्यास्थित बाबरी मस्जिद भएको स्थानमा राम मन्दिर बनाउने र बाबरी मस्जिदलाई त्यहाॅबाट अन्यत्र हटाउने निर्णयलाई ओलीद्वारा प्रश्न उठाइएको देखियो ।

२) ओलीको यो नयाॅ भनाईबाट भारतको सर्वोच्च न्यायालयको फैसलाबाट सुल्झेको राममन्दिर-बाबरीमस्जिद विवाद फेरि उल्झनमा परी नयाॅ चरणको साम्पद्रायिक दङ्गा भडकिने संभावना बढ्न सक्छ !

३) लिम्पियाधुरा र सुस्तामा भारतबाट जमिन फिर्ता हुने संभावना नरहेको निष्कर्श निकालेर ओलीले राम भगवानलाई जोडेर “ठोरी” मा राम जन्मेको नयाॅ तर्क उठाई ठोरीमा लिम्पियाधुरा र सुस्ताको सट्टामा “शोधभर्ना स्वरूप” जमिन भारतबाट लिनलाई नेपाली जनताको सम्मति र भारतलाई प्रस्ताव राखेको हो भन्ने मेरो बुझाई छ ।

४) तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाकै बारे पनि गंभीर प्रश्न उठेर पदीय दायित्व बहन गर्न ओली अक्षम हुनु भएको निष्कर्श निकाल्न यसलाई लिएर संसदीय जाॅच गरिनुपर्ने माग पनि उठ्न सक्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी

सुदूरपश्चि प्रदेशका पूर्वमन्त्रीसहित दुई जनालाई एमालेबाट निस्कासन गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन

स्वर्णलक्ष्मी सहकारी ठगीः पूर्वडीआईजी जोशी अदालतमा उपस्थित

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । आइतबार