बीबीसी । बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन् । जुलाईमा उनले इजरायलले गाजामा युद्धविराम र दीर्घकालीन शान्ति सम्झौतामा सहमति नगरे सेप्टेम्बरमै बेलायतको धारणा बदलिने चेतावनी दिएका थिए ।
यस कदमले बेलायती परराष्ट्र नीतिमा ऐतिहासिक परिवर्तन ल्याउने भएको छ। अघिल्ला सरकारले मान्यता शान्ति प्रक्रियासँगै मात्र दिनुपर्ने बताउँदै आएका थिए। तर गाजामा भोकमरी, हिंसा र पश्चिम किनारामा बढ्दो बस्ती विस्तारलाई कारण देखाउँदै स्टार्मर सरकारले तत्काल कदम चाल्नुपर्ने औचित्य ठहर गरेको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘आतंकको पुरस्कार’ भन्दै विरोध गरेका छन् भने कन्जर्भेटिभ नेतृ केमी बाडेनोखले बन्धकहरूलाई मुक्त नगरी मान्यता दिनु गलत हुने प्रतिक्रिया दिएकी छन्। तर प्यालेस्टिनी प्राधिकरण अध्यक्ष महमुद अब्बासले बेलायतको निर्णयलाई स्वागत गरेका छन्।

प्रतिक्रिया