काठमाडौं । हमासद्वारा गाजामा २२ महिनादेखि बन्धक बनाइएका कञ्चनपुरका विपीन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल प्रस्थान गरेका छन् । हमासबाट बन्धक बनाइएका विपीनको रिहाइको मागका लागि उनीहरु इजरायल गएका हुन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट उनीहरु इजरायल गएका हुन् ।
विपीनको रिहाइका लागि इजरायलले आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने र अमेरिकी राष्ट्रपति ट्रम्पसँग समेत भेट गराउने योजना बनाएको बताइन्छ । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपीनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका छन् ।
उनीहरुलाई जानका लागि सबै व्यवस्था नेपालस्थित इजरायली दूतावासले नै गरिदिएको छ । कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । आक्रमणमा अरु १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया