कांग्रेस नेता महरद्वारा १५ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा


काठमाडौ । १५ औं महाधिवेशनको मिति घोषणा नहुँदै नेपाली कांग्रेसमा उम्मेदवारी घोषणा भने हुन थालेको छ । पार्टीको १५ महाधिवेशनको मिति घोषणा नहुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत रहेका महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् । पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने मागसहित महरले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसिरमा महाधिवेशन हुनुपर्नेमा मिति घोषणा नभएपछि उनले उम्मेदवारी घोषणा गरेको बताएका छन् । कांग्रेसको १५ औं महाधिवेशन मंसिरमा हुने नहुने अनिश्चित छ ।