किन्शासा । पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ को सुरुदेखि लगभग दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् ।
युनिसेफका प्रवक्ता यूजीन ब्युनले भने,“उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपहरूको क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएका छन् ।”
जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्, जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।
राष्ट्रपति फेलिक्स शिसेकेडीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकमा सेनाले कब्जा गरेको देशको पूर्वी भागमा धेरै रणनीतिक क्षेत्रहरू फिर्ता गरेको घोषणा गर्यो ।
“डीआरसी सशस्त्र बलहरूको सुरक्षा पुनस्र्थापना गर्न, हराएको क्षेत्रहरू पुनःप्राप्त गर्न र डीआरसीको क्षेत्रीय अखण्डता पुनस्र्थापित गर्न सबै मोर्चाहरूमा प्रतिबद्ध छन्,” सरकारी प्रवक्ता प्याट्रिक मुयायाले भने ।

प्रतिक्रिया