ताप्लेजुङको फुङलिङमा भीषण आगलागी, सात घर जलेर नष्ट


ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । शुक्रबार राति करिब १० बजे आगागी भएको हो । आगलागी दुई घण्टापछि निभाइएको थियो । आगलागीबाट सात वटा घर जलेर ध्वस्त भएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । ती घरमा ११ वटा पसल थिए । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।