एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले कोरोना भाइरस महामारीको बीचमा भएको हिंसालाई रोक्न आपराधिक गिरोहका सदस्यविरुद्ध प्रहरी र सेनालाई घातक शक्ति प्रयोग गर्ने अधिकार दिएका छन् । शुक्रबार मात्रै २४ जनाको हत्या भएपछि उनीहरुविरुद्ध शक्ति प्रयोग गर्न अधिकार दिएका हुन् ।
गत जुनमा राष्ट्रपति पद आसिन बुकिले आपराधिक गिरोहलाई तह लगाउने बताउँदै आएका छन् । आइतबार साँझसम्म प्रहरीले त्यहाँ २९ जना हत्याको मुद्दा दर्ता गरेको छ । बुकेलेले आपराधिक गिरोहहरूले सुरक्षाकर्मीहरू कोरोना भाइरसको महामारी नियन्त्रण गर्न व्यस्त समयको फाइदा लिइरहेको बताएका छन् । साल्भाडोरका कारागारमा १२ हजार भन्दा बढी आपराधिक समूहका सदस्यहरूलाई राखिएको बताइन्छ ।





प्रतिक्रिया