कोरोना संक्रमणबाट अमेरिकामा ४७ हजार ६ सय भन्दा बढीको मृत्यु


विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख ८४ हजार नाघेको छ । अमेरिकामा सबैभन्दा धेरै ४७ हजार ६ सय ५९ को कोरोनाका कारण मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ८ लाख ४८ हजार ७ सय १७ पुगेको छ । त्यस्तै, इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७ सय १७, फ्रान्समा २१ हजार तीन सय ४० तथा बेलायतमा १८ हजार हजार भन्दा बढीको मृत्यु भएको छ ।