काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका थिए । त्यसैका लागि आज बैठक बोलाइएको हो ।

प्रतिक्रिया