वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोध्यो ५ बुँदे स्पष्टीकरण


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पाँच बुँदे स्पष्टीकरण सोधेको छ । सोमबार मन्त्रालयले तीन दिनभित्र जवाफ दिन भन्दै पाँच बुँदे स्पष्टीकरण सोधेको हो ।

पहिलो बुँदामा मन्त्रालयले मलेसियाको चार्टर उडानबाट नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) लाई के कति भार थपिएको हो स्पष्ट पार्न भनिएको छ । यसैगरी दिल्लीमा पांग्रा बिग्रिएर उडान ढिलो भएको र भाडामा पांग्रा लिँदा हुने आर्थिक भारसँगै पांग्रा जगेडा नराखेको विषयमा मन्त्रालयले जवाफ मागेको छ।