शेयर बजार १० अंकले घट्दा ४ अर्ब १६ करोडको कारोबार


काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से घटेको छ । शुक्रवार नेप्से १०.६७ अङ्कले घटेको हो । आज म्युचल फन्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १९८ वटा कम्पनीको शेयर घटेकोमा ७० वटाको बढेको छ । आज धौलागिरि लघुवित्त, लक्ष्मी भ्यालु फन्ड–२ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३४४ वटा कम्पनीका १ करोड २२ हजार कित्ता शेयर ४ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।