पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट विजयी


काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन्।

गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिबार निर्वाचन गरिएको थियो । विष्ट ८४१ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सीमित भएका छन् ।