गृहमन्त्रीलाई एकयुवाले कतार जान म्यानपावरले एक लाख ८५ हजार लिएको बताएपछि…


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।

शनिबार दिउँसो विमानस्थल पुगेका गृहमन्त्रीले अन्तरसम्बन्धित निकायको संयुक्त बैठकलाई सेवाप्रवाहकोबारेमा चासो राखेका थिए ।

गृहमन्त्री श्रेष्ठले सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाईजेसन लगायतको पक्षमा चासो व्यक्त गर्दै तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।

विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि उनले आग्रह गरेका छन् । संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउनको लागि पनि गुणात्मक परिवर्तनको पक्षमा दृढतापूर्वक लाग्न सबै राष्ट्र सेवकलाई आग्रह गरेका छन् ।