शिव सेनाका सम्पर्क प्रमुख अशोक सिंह नेपालीद्धारा चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना


मुम्वई । भारतको मुम्वईमा रहेका शिव सेनाका नेपाल राष्ट्रका सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाजका भारत च्याप्टरका अध्यक्ष अशोक सिंह नेपालीले भारतको एक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई भेटगरी शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मुम्वईस्थित नेश्नल बर्न सेन्टरमा उपचार गराइरहेका काँग्रेस नेता भण्डारीलाई भेट्न सिंह मंगलवबर अस्पताल पुगेका थिए ।

भेटमा समाजसेवी समेत रहेका शिव सेनाका सम्पर्क प्रमुख सिंहले भारतमा रहेका सबै नेपालीका तर्फबाट सांसद भण्डारीको शिघ्र स्वास्थयलाभको कामना गरेका थिए । उनले भण्डारीको उपचारमा भैरहेको प्रगतिबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी लिँदै भारतमा रहेका नेपालीहरुले कुनै सहयोग गर्नुपर्ने भए सक्दो सहयोग गर्ने जानकारी पनि गराएका थिए ।

नेपालमा ग्याँस बिष्फोटमा परी गम्भीर घाइते नेता भण्डारीको मुम्वई बन्र्स सेन्टरमा भैरहेको उपचार प्रगतिउन्मुख छ भने नेपाल सरकारले भण्डारीको उपचार खर्च व्यहोर्दै आएको छ । भारतमा रहेका प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै शिवसेना प्रमुख सिंहले नेता भण्डारीको स्वास्थ्यलाभका लागि गरेको भेटले दुईदेश बीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पुर्याएको छ ।