काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको काम, कर्तब्य तथा जिम्मेवारी बहन गर्दा संविधानका अक्षर र भावनालाई आत्मसात गर्ने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार राति विज्ञप्ति जारी गरी पौडेलले दिगो शान्ति, सुशासन तथा विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहेको बताएका हुन् ।
उनले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्नो मार्गनिर्देशक सिद्धान्त रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया