नयाँदिल्ली । एसियन अफ्रिकन फिलोसफी कंग्रेसका अध्यक्ष तथा इन्डियन फिलोसफी कंग्रेसका अध्यक्ष तथा वरिष्ठ दार्शनिक प्रा.डा. एस.आर. भट्टले त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्रका व्याख्याता डा. गोविन्दशरण उपाध्यायलाई एसियन अफ्रिकन फिलोसफी कंग्रेसको उपाध्यक्षजस्तो गरिमामय पदमा मनोनित गरेका छन् ।
उपाध्यायलाई उपाध्यक्ष मनोनित गरिएकोको जानकारी प्रो. भट्टले जानकारी दिएका हुन् । एसियन अफ्रिकन फिलोसफी कंग्रेस एसिया र अफ्रिकेली दार्शनिकहरुको साझा संस्था हो जुन ३५ देशमा फैलिएको छ ।

प्रतिक्रिया