भूकम्पमा परी बाजुरामा एक युवतीको मृत्यु


धनगढी । भूकम्पबाट बाजुरामा एक जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको बाजुराका प्रहरी प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रहरीकाअनुसार घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो । मंगलबार दिउँसो बिच्छ्याँ केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भूकम्प गएको थियो । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।