फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु



फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ। प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो। फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।

फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्। प्यारिसकी मेयरले घटनामा कैयौँ मानिस मारिएको ट्विटरमार्फत्‌ पुष्टि गरेकी छन्।

आक्रमण पर्यटकहरू जाने प्रसिद्ध नोट्र डाम कथिड्रलनजिकै भएको हो। प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्थे।

आक्रमणकारीको नाम खुलाइएको छैन। आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका

बंगलादेशका विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

बंगलादेशमा चर्किरहेको आरक्षणविरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू

डोनाल्ड ट्रम्प हाम्रो देशलाई पछाडि लैजान चाहन्छन्ः उपराष्ट्रपति ह्यारिस

बीबीसी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीबाट समर्थन पाएकी

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड