अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय



अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए ।

सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सैनिक अदालतमा पेश गरिएको थियो ।

झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् ।

सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीद्वारा अफगानिस्तानमा तीन पत्रकारको हत्या

पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या गरेका छन्

जर्मनीमा कोभिड नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस

नाइजेरियाका अपहरित तीन सय बालिका मुक्त

नाइजेरियामा गतसाता एक विद्यालयबाट अपहरण गरिएका झन्डै ३०० बालिका मुक्त भएका छन् ।

तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव

विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार