किसानका समस्या समाधान किसान महासंघको माग



काठमाडौं । किसानका तात्कालिन र दिर्घकालिन समस्या समाधान गर्न माग गदै अखिल नेपाल किसान महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार महासंघले समयमा नै मल र बिउको आपूर्ति गर्नुपर्ने, सिंचाईलाई चाहिने विद्युतको सहुलियत शत प्रतिशत गर्नुपर्ने लगायका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघले धानको समर्थन मूल्य तुरुन्त लागू गर्नुपर्ने, महंगीलाई नियन्त्रण गर्नुपर्ने, कोरोनाको उपचार सरकारले नै गर्नुपर्ने लगायका माग पनि अघि सारेको छ ।

त्यस्तै कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द गर्नुपर्ने र किसानको उत्पादित कृषि उपजहरुलाई राज्यले नै किन्ने व्यवस्था गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको महासंघ काठमाडौं जिल्लाका अध्यक्ष कृष्ण बहादुर गैरेले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले महासंघको मागलाई सम्बन्धित स्थानमा पुर्याउने प्रतिवद्धता जनाएका छन् । महासंघले आफूहरुका माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

नयाँ नेपालका नेता कस्तो हुनुपर्छ ?

-डा. रामकृष्ण तिमल्सेना सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ,

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ

‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन, देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो’

-विद्यादेवी भण्डारी विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहका सभापति मदन