काठमाडौं । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखको राष्ट्रिय मर्यादाक्रम समान कायम गर्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै राष्ट्रिय मर्यादाक्रम पुनरावलोकन गर्न आग्रह गरेका हुन्। काठमाडौं महानगरपालिकाका मेयर र अन्य महानगरपालिकाका मेयरबीच मर्यादाक्रममा रहेको भिन्नता हटाउनुपर्ने उनको भनाइ छ ।
नेपाल राजपत्रमा प्रकाशित विद्यमान राष्ट्रिय मर्यादाक्रम पुनरावलोकन गरी काठमाडौं महानगरपालिकासहित देशका सबै महानगरपालिकाका प्रमुखलाई एउटै मर्यादाक्रममा राख्नुपर्ने बताएका छन्। त्यसैगरी सबै महानगरपालिकाका उपप्रमुखको मर्यादाक्रम पनि समान कायम गर्नुपर्ने उनको माग छ।




प्रतिक्रिया