इनफ इनफका अनसनकारीलाई अनसन तोड्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इनफका अनसनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर प्रधानमन्त्रीले अनसनकारीहरुसँग भेट गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्रीले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण भएकाले अनसन जारी राख्नु नपर्ने पनि बताएका छन् ।

जवाफमा अनशनरत युवाले आफूहरुका केही माग रहेको भन्दै छलफलका लागि कुनै माध्यम बनाइदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी लगायत ललितपुरको पाटन दरबार स्क्वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमि विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ ।

माओवादीको प्रश्नः भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई किन सहभागी गराइएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो प्रतिनिधित्व नगराइएकोमा आपत्ति

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हो’

काठमाडौँ। काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने बताएका छन् ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार रहन्छः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत