एमसीसी रोक्न स्वतन्त्र राष्ट्रिय अभियानले बुझायो ट्रम्पलाई विरोधपत्र
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकाकै तर्फबाट एमसीसी नरोकेमा नेपालमा अमेरिकी नागरिक, एमसीसी सम्बद्ध कर्मचारी र अधिकारीहरुका लागि समेत सुरक्षा नहुने र अन्तराष्ट्रिय आर्थिक सहयोगको दर्शन विपरित नेपालमा एमसीसी लागू गर्न खोजिएकोले तत्काल एमसीसीका सवालमा अघि बढेको प्रक्रिया रोक्न चेतावनी सहित विरोध पत्र बुझाएको छ ।
पत्र बुझाउन अमेरिकी दूतावासतर्फ अघि बढेको ठूलो समूहलाई प्रहरीले दूतावास तर्फको बाटो बाटै रोकेको थियो । स्वतन्त्र राष्ट्रिय अभियानको सो कार्यक्रमको कारण सो बाटो भएर हिँड्ने अन्य सर्वसाधारणलाई समेत प्रहरीले रोकेको थियो ।
केही समयको छलफल पश्चात मात्र दूतावास भित्रबाट ३ जनालाई दूतावास भित्र प्रवेश गरी आफ्ना भनाइ र विरोध पत्र प्रस्तुत गर्न समय दिइएको थियो ।
त्यस क्रममा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपाल, केन्द्रीय अनुशासन समितिका सदस्य तथा साहित्य कला विभागका विभागीय प्रमुख अधिवक्ता कृष्ण प्रसाईं र केन्द्रीय अर्थ विभागका प्रमुख बोधनाथ न्यौपाने समेतले दूतावास अधिकारीहरु सामु विरोध पत्र वाचन गरेर सुनाउँदै कुनै नेपालमा जबरजस्ती एमसीसी पास गर्ने नाममा मात्र संसदबाट पास भए पनि त्यसलाई कार्यान्वयन हुनबाट असफल बनाइ छोडिने बताइएका थिए ।
अमेरिकी राजदूतका प्रतिनिधिको रुपमा सुरक्षा प्रमुख टिम क्रुसले विरोध तथा स्मरण पत्र बुझ्दै तुरुन्तै अआफ्नो देशका राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष विरोध पत्र पठाइने र सो का सम्बन्धमा राष्ट्रपतिको प्रतिक्रिया बारे इमेलमा जानकारी गराइने प्रतिक्रया दिएका थिए । स्वतन्त्र राष्ष्ट्रिय अभियान नेपालले एमसीसीका सम्बन्धमा नेपालीहरुको आधिकारिक धारणा सोझै अमेरिकी दूतावासका अधिकारीहरु मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुर्याई सो राष्ट्रघाती एमसीसी रोकिनेमा विश्वास लिएको छ ।