क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छुः मोदी



नयाँदिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।

“हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ”, मोदीले एक वक्तव्यमा भने, “भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।”

क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो ।

भारतले बारम्बार ती आरोपहरूलाई खारेज गरेको छ । यसले कूटनीतिक सम्बन्धहरूलाई तल झा¥यो र दुवै राष्ट्रले गत वर्ष शीर्ष कूटनीतिज्ञहरूको एक शृङ्खलालाई निष्कासन गरे ।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यो अभियानलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।

नयाँदिल्लीले भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध कडा कारबाहीको माग गर्दछ । यसमा प्रमुख नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस