क्यानाडाको चुनावमा कार्नीको लिबरल पार्टी विजयी
ओटावा । प्रधानमन्त्री मार्क कार्नीले क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको थियो ।
सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् तर उनीहरूले संसदमा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट भएको छैन ।
कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल भए तर उनको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।
पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए ।
ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।
साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित गर्नुभयो, संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।”
कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन् । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहनुहुन्छ ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”
जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए ।
“म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उहाँको स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भनिन्, “ट्रम्प एक व्यापारी व्यक्ति हुनुहुन्छ, कार्नी एक व्यापारी व्यक्ति हुनुहुन्छ र मलाई लाग्छ उहाँहरू दुवै सम्बन्धित हुन सक्नुहुन्छ ।”
ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए र प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।