ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै



रियो डि जेनेरियो । ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो आक्रामक व्यापार नीतिबारे छलफलमा जुटेका छन् । ट्रम्पको पछिल्लो नीतिले उत्पन्न हुने खतराहरूको सामना गर्न एकताबद्ध रहेको सन्देश दिनका लागि उनीहरू ब्राजिलमा जुटेका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसै हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावले आर्थिक वृद्धिको पूर्वानुमान कटौती गरेको छ । त्यसपछि हुन लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । हालको अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञहरू जुलाईमा हुने शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो दि जेनेरियोमा दुई दिनका लागि बैठकमा जुटेका हुन् ।

‘मन्त्रीहरूले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीयता र महत्त्व पुनः पुष्टि गर्ने उद्देश्यले एक घोषणापत्रका लागि वार्ता गरिरहेका छन्’, ब्राजिलका ब्रिक्स प्रतिनिधि माउरिसियो लिरियोले शनिबार पत्रकारहरूलाई भने ।

सन् २००९ मा स्थापना भएदेखि ब्रिक्स उल्लेखनीय रूपमा विस्तार भएको छ । अहिले इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्सलाई समेत ब्रिक्सले समेट्छ । यसले विश्वको जनसंख्याको लगभग आधा र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३९ प्रतिशत समेट्छ ।

जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले दर्जनौँ देशमा भन्सार शुल्क लगाएका छन् । चीनले १४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्दै छ । बेइजिङले अमेरिकी वस्तुहरूमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

ट्रम्पले ब्रिक्स देशहरूले अमेरिकी डलरलाई कमजोर पारेमा एक सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् । यस्तो स्थितिमा ब्राजिलका विदेशमन्त्री माउरो वियेराले रूसका विदेशमन्त्री सर्गेई लाभरोभ र चीनका विदेशमन्त्री वाङ यीलगायत अन्य मन्त्रीहरू उपस्थित हुने बैठकको आयोजना गर्दै छन् ।

यो बैठक बिहान ११ बजे (१४०० जीएमटी) तिर सुरु हुने अनुमान छ र अपराह्नमा एक वक्तव्य जारी हुने अपेक्षा गरिएको छ । ब्राजिलद्वारा अमेजनियन शहर बेलेममा नोभेम्बरमा आयोजना हुने संयुक्त राष्ट्रसंघको कोप ३० जलवायु शिखर सम्मेलनअगावै जलवायु परिवर्तनलाई एजेन्डामा उच्च प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।

ट्रम्पले रूस र युक्रेनलाई शान्ति सम्झौताको दिशामा धकेल्न खोज्दै गर्दा यस समूहले युक्रेनमा भइरहेको युद्धबारे पनि छलफल गर्ने सम्भावना छ । मंगलबारको छलफलमा ब्रिक्सलाई पूर्वसोभियत राज्यहरूका साथै क्युबा, मलेसिया, थाइल्यान्ड, युगान्डा र नाइजेरियासहित अन्य नौ ‘साझेदार’ देशले साथ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस