बाँकेका १८ र बर्दियाका ५ कोरोना संक्रमित निको भई डिस्चार्ज



बाँके । बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरुबाट शनिवार बाँके र बर्दियाका थप २३ जना सङ्क्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने मध्ये १८ जना बाँकेका र ५ जना बर्दियाका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार नेपालगञ्जस्थित आइसोलेसन सेन्टरबाट १२ जना, खजुरा क्यान्सर आइसोलेसन अस्पतालबाट २ जना, आइसोलेसन सेन्टर खजुराबाट चारजना गरी १८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै बाँकेको आइसोलेसनमा रहेका बर्दियाका ५ जना पनि निको भएर घर फर्किएका उनले जानकारी दिए । बाँकेमा ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म ३०२ जना निको भएर घर फर्किसकेका छन् भने ४८ जना अझै विभिन्न आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका २ जनाको उपचारकै क्रममा मृत्यु समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा

युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या