पार्टीलाई बिसर्जनको दिशामा जान र भ्रष्ट पूँजीवादी बन्न दिनुहुन्नः नारायणकाजी श्रेष्ठ



काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि त्यो सही नभएको बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भ्रष्ट पूँजीवादी पार्टी बन्न दिन नहुने बताएका हुन् । उनले भनेका छन्, ‘त्यसमा अन्तरनिहीत एउटा पक्ष अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं । पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैं व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्

सरकारको नेतृत्व गरेदेखि अध्यक्ष ओलीको लोकप्रियता झनै बढ्योः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले