अदुवा, बेसार र तातोपानी खान सत्याग्रहीलाई प्रधानमन्त्रीको सल्लाह



काठमाडौं । नेपाली जनताको जीवन रक्षा गर्नु पर्ने युवा पुस्ताको मागप्रति सरकार गंभीर देखिएको छैन । दुई दिन लगातार सत्याग्रही र सरकारबीच वार्ता भए पनि कोभिड–१९ व्यवस्थापनमा सरकारी त्रुटी कमजोरी सच्याउनेतर्फ सरकारी उदासिनता कायम छ ।

लामो चरणको वार्तामा सहभागी सरकारी प्रशासकहरूको भूमिका निराशाजनक रहेको ईले टीप्पणी गरेका छन् । इन्स्टाग्राम शेयर गर्दै ईले प्रशासनहरूको ‘हामी नागरिकप्रति खासै कुनै चिन्ता नरहेको’ बताएका छन् ।

‘ई’ इशान अधिकारी र पुकार बमले ह्याम्स अस्पताल मै बिना खाना, पानी सत्याग्रह जारी राखेका छन् । सत्याग्रह आज नौं दिनमा प्रवेश गरेको छ । सत्याग्रहको समर्थनमा राजधानीका विभिन्न स्थान र पोखरा, महेन्द्रनगर लगायतका स्थानमा युवाहरूले रिले सत्याग्रह जारी राखेका छन् ।

अदुवा, बेसार र तातोपानी खान सत्याग्रहीलाई प्रधानमन्त्रीको सल्लाह
पाटन दरबार हाताबाट ‘ई’ र पुकारलाई बिहीबार अस्पताल सारीएको हो । सोही दिन प्रधानमन्त्री केपी ओली सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका थिए । सत्याग्रह त्याग्न प्रधानमन्त्रीले गरेकोमा आग्रहमा ई र पुकारले माग पुरा नभएसम्म सत्याग्रह नत्याग्ने बताएका थिए ।

भेटघाटको क्रममा कोभिड–१९ नियन्त्रणमा बेसार, अदुवा र तातोपानी खानु पर्ने सल्लाह र प्रसंग प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका थिए ।

‘इनफ इज इनफ’ को माग
देश फर्किएका, तिनको सम्पर्कमा आएका, अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैमा पीसीआर परीक्षण व्यापक गर्ने । आरडिटी परीक्षण रद्द गर्ने । क्वारेन्टीन आफैं संक्रमणको केन्द्रबिन्दू भएकोले क्वारेन्टीन व्यवस्थापन सुरक्षित र सुव्यवस्थित बनाउने इनफ इज इनफ अभियानको माग छ ।

यसैगरी अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैका सुरक्षा, सम्मानका लागि सुरक्षा उपकरण र सामाग्री उपलब्ध गराउने । गरिव, मजदुर र सीमान्तकृतलाई राहत उपलब्ध गराउने । उपलब्ध श्रोत साधनको प्रभावकारी प्रयोग गर्ने । स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धी गर्ने । बन्दाबन्दी खुकुलो पार्ने सवालमा जोखिम र सुरक्षा उपायका सम्पूर्ण सूचना उपलब्ध गराउने । कोभिड–१९ व्यवस्थापन सम्बन्धमा सर्वोच्च अदालतको निर्णय इमान्दारिका साथ पूर्ण पालना गर्ने सवालहरू सत्याग्रहीहरूको माग छ ।

तर सत्याग्रहीको संवेदनशील र समय सान्दर्भिक मागप्रति सरकार गंभीर देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार रहन्छः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत

आगामी निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्रवक्ता महत

दमौली  । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले

सरकारले गरेका काम र भएको लगानी पारदर्शी नभएसम्म सुशासन कायम हुन सक्दैन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी

पूर्वराजालाई दोषी देखाएर कांग्रेस-एमालेले भाग्न मिल्छ ?

-केशवप्रसाद भट्टराई १. राजनीतिक सहकार्यले एउटा दीर्घकालीन रणनीतिक दृष्टि माग गर्दछ । सहकार्य