गुठीका जग्गा राज्यले पनि नियन्त्रण गर्न सकेनः भुमि सुधारमन्त्री अर्याल



काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित पशुपति क्षेत्र विकास कोष अध्ययन उपसमितिले बुझाएको प्रतिवेदन माथिको छलफलका क्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले पुर्खाहरुले परोपकारी भावनाका साथ गुठीमा जग्गा दान गरेपनि अहिले व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको भन्दै त्यसको संरक्षण गर्ने काममा मन्त्रालय लागिपरेको बताइन् ।

उनले सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ति गठन गरिएको जाँचबुझ आयोगले काम गरिरहेको पनि जानकारी दिइन् । धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कार्ययोजनासहित गुठी विधेयक ल्याएपनि फिर्ता ल्याउनुपरेको बताइन् ।

अर्यालले दोहोरो स्वामित्व रहेसम्म गुठीमा ठूलो समस्या भइरहने बताइन् । त्यस्तै अहिलेको विवाद स्वामित्व र स्रोत परिचालनसँगै जोडिएको उनको भनाई थियो ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले समिति समस्या समाधान गर्ने निष्कर्षमा पुगेको भन्दै समस्या समाधानका लागि सबै सरोकारवाला निकायसँग छलफल गरेर अर्को बैठक बस्ने जानकारी दिइन् । देशभर २ हजार बढी गुठी छन् । उपत्यकामा मात्र ५ सय गुठी छन् । सहकारीतर्फ ३५ हजार बढी सहकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच